०६ असार २०८३, शनिबार

जर्मनीमा मुसलधारे वर्षा हुँदा सडक जलमग्न, बढे दुर्घटना

असार १५, २०७८
जर्मनीमा मुसलधारे वर्षा हुँदा सडक जलमग्न, बढे दुर्घटना

जर्मनीमा सोमवार मेघगर्जन सहित मुसलधारे वर्षा भएपछि देशका दक्षिणी तथा पश्चिमी भागका सडक जलमग्न भएका छन् ।   

यसले गर्दा धेरै दुर्घटना भएका छन् र सयौंजना उद्धारकहरू खटिएका छन् । 
 

बाभेरियामा केही गाउँहरू बाढीमा डुबे । फ्य्रांकफर्ट नजिक सडकहरू पूरै जलमग्न थिए । फायरफाइटरहरूले धेरै बेसमेन्टमा पानी पम्प गरेर फाल्नुपरेको थियो । 
 

स्टुटगार्टमा छतहरू अनि ओपेरा हाउसका कैयौं मूर्तिहरूलाई हावाले लडाएर झारिदिएको छ । 

उद्धार टोलीलाई सोमवार ३३० पटक कल आएको थियो । 

ट्रेन सेवा कैयौं घन्टासम्म अवरुद्ध रह्यो । लडेका रुखहरूलाई काटेर फायरफाइटरहरूले हटाउनुपरेको थियो । 
 

मोन्ताबाउर शहर नजिक ए३ र ए४८ राजमार्गमा मुसलधारे वर्षाका कारण सातवटा दुर्घटना भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्