२४ जेठ २०८३, आइतबार

देउवाले संसदमा जनाए प्रतिबद्धता, छिमेकीसंग सन्तुलित सम्बन्ध

कात्तिक २०, २०७४
देउवाले संसदमा जनाए प्रतिबद्धता, छिमेकीसंग सन्तुलित सम्बन्ध

काठमाडौं २३ जेठ– नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्रीका एक्ला उम्मेदवार शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो मुख्य प्राथमिता रहने बताएका छन् । आर्थिक विकास, पूर्वाधार निर्माण र छिमेकीसंगको सुमधुर सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

मंगलवार बसेको व्यबस्थापिका संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी पेश गर्दै देउवाले दोस्रो चरणको स्थानीय तहको चुनाव तोकिएको समयमै गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘माघ ७ गतेभित्र प्रान्त र संघीय चुनाव गर्नुपर्ने प्रतिबद्धता छ,’ देउवाले भने, ‘मधेशी जनताको भावनाको कदर गरेर संशोधन प्रस्ताव दर्ता गरेका छौं । संविधानको सर्वस्वीकार्यता बढाउन लाग्छु ।’ आर्थिक विकास र समृद्धिको आवस्यकताका लागि राजनीतिक वातावरण हुन जरुरी रहेको उनले बताए ।

देउवाले नपालको स्वार्थ पूरागर्न छिमेकी संग सन्तुलित सम्बन्ध राख्ने बताए । ‘नेपालको विदेशनीति राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्नु पर्छ । छिमेकीसंग सुमधुर सम्बन्ध राष्ट्रिय हितमा छ’ देउवाले भने, ‘चीन र भारतलाई सुमधुर सम्बन्ध राखेर दुवैको सहयोग लिनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्