११ असार २०८३, बिहीबार

काठमाडौंमा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन

असार १५, २०७८
काठमाडौंमा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यकामा २ महिनापछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा मंगलवारदेखि सञ्चालन हुन थालेको छ ।

वैशाख १६ गतेदेखि नयाँ भेरियन्ट सहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो । 

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोरबिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ । 

निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदुरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २५ भन्दा बढी सिट क्षमताका जोरबिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना संक्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । २ महिनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको छ । 

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विक्रम संवत् २०६९ सालदेखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ ।

डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दा समेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्