१० असार २०८३, बुधबार

युट्युब प्रयोगकर्ताले अब ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्ने

असार १५, २०७८
युट्युब प्रयोगकर्ताले अब ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्ने

युट्युब टीभीले एउटा एडअन फिचर ल्याएको छ, जसमा प्रयोगकर्ताले ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्नेछन्। 

साथै भिडियो डाउनलोडको सुविधा पनि दिइएको छ। 

युट्युब टीभीको माध्यमबाट घरमा अनलिमिटेड स्ट्रिमिङको मजा लिन सकिने छ। यसका लागि गुगल लाइभ टीभीको सब्सक्रिप्सन भने लिनु पर्नेछ। 

युट्युबको ‘फोरके प्लस’ एडअन सुविधाका लागि हरेक महिना १९.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ। यद्यपि अहिले युट्युबले प्रमोशन अफर चलाएको छ, जसमा एक वर्षका लागि ९.९९ डलरमा सब्सक्रिप्सन दिन थालिएको छ।  

यस्तै एडअन प्रयोगकर्ताले आफ्नो फोन वा ट्याब्लेटमा अफलाइन भिडियो पनि हेर्न सक्नेछन्। 

salt training

कमेन्ट गर्नुहोस्