×

NMB BANK
NIC ASIA

एमाले बैठक

एमालेको निष्कर्ष– सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर र राजनीतिलाई जटिल बनायो

असार १५, २०७८

NTC
Premier Steels

नेकपा एमालेले मुलुकको राजनीति जटिल अवस्थातर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको एमालेको निष्कर्ष छ ।

Muktinath Bank

भोलि बस्ने महाधिवेशन आयोजक कमिटी बैठकको तयारी स्वरुप बसेको एमाले स्थायी कमिटी बैठकले मुलुकको राजनीतिक परिस्थिती जटिल र गम्भीर बनेको निष्कर्ष निकालेको हो । यद्यपि यसबारे औपचारिक कुनै निर्णय भने भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णयको अतिरिक्त पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि बैठकमा छलफल भयो’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले लोकान्तरसँग भने, ‘मुलुकको परिस्थिती जटिल र गम्भीर रहेको, लोकतन्त्रलाई कमजोर बनाउने प्रवृत्ति बढेको र सिद्धान्तहीन गठबन्धन बनेको हाम्रो निष्कर्ष छ ।’


Advertisment
Nabil box
Kumari

एमालेले पार्टीभित्रको समस्या समाधानका लागि बुधवार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने र त्यसको बैठक १८ गते बोलाउने औपचारिक निर्णय भएको छ’ ज्ञवालीले भने ।

Vianet communication

प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक कमिटीप्रति विमति राखेका नेताहरु केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने विश्वास व्यक्त गरे ।

भोलिको बैठकका लागि माधव नेपाल पक्षका ११ जना बाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्य बाहेक अन्यलाई नियन्त्रण गरिएको छ’ तामाङले लोकान्तरसँग भने । नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायत ११ जनालाई भने निमन्त्रण गरिएको छैन । महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेको, बागमती प्रदेशमा पार्टीको उम्मेदवारको विपक्षमा मतदान तरेको तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल सहित ११ जना कारवाहीमा परेका थिए ।

योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायत नेताहरुलाई भने बुधवारको बैठकमा सहभागिताको लागि सूचना गरिएको छ । ‘भोलिको बैठकमा सहभागि हुनेबारे उहाँहरु छलफलमा जुट्नु भएको सूचना पाएका छौं’ संस्थापन पक्षका एक नेताले लोकान्तरसँग भने ।

बुधवारको बैठकमा पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरु भने सहभागि हुनेछन् । सचिव तामाङले रामबहादुर थापा लगायतका नेताहरु बैठकमा सहभागि हुने जानकारी दिए ।

अहिलेको एमाले नेकपाको उत्तराधिकारी पार्टी भएकोले एकतापछि एमालेमा रहेका नेताहरु बैठकमा सहभागि हुने संस्थापन पक्षले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x