
कार दुर्घटनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकर भण्डारीको निधन भएको छ । मंगलबार रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवल तर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको निधन भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए । कार डा भण्डारी आफैले चलाएका थिए ।
मृतक भण्डारी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक हुन् ।