
पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन ४ करोड ४३ वित्तीय सहयोग गरेको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलवार अपराह्न चेक हस्तान्तरण गरेका पाकिस्तानी राजदूतावासले बुधवार जनाएको छ ।
‘नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धता अन्तर्गतको हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।