१० असार २०८३, बुधबार

आफ्नो नागरिकलाई विपतबाट जोगाउन नसक्ने अमेरिकाको मानवअधिकार गफ !

असार १६, २०७८
आफ्नो नागरिकलाई विपतबाट जोगाउन नसक्ने अमेरिकाको मानवअधिकार गफ !

अमेरिकाको फ्लोरिडामा रहेको मायामीमा एक अखावासीय भवन भत्केपछि उद्धारकर्मीहरूले लगातार छैटौं दिन भग्नावशेषबाट कोही जीवितै छ कि भनी खोजी गरिरहेका छन् । 

अहिलेसम्म मर्नेको संख्या १२ पुगिसकेको छ भने १५० जना अझै हराइरहेका छन् । अधिकारीहरूले अझै पनि खोजी तथा उद्धार कारवाही चलाइरहेका छन् । तर गत बिहीवार भवन भत्केदेखि अहिलेसम्म जीवित मानिसको उद्धार गर्न हम्मेहम्मे परेको छ । 

पीडितहरूको परिवारका सदस्य यस्तो ढिलाइबाट आक्रोशित छन् । यस्तो स्थितिले जनतामा शंका पनि उत्पन्न गराएको छ । अमेरिकाले जनताको जीवनलाई महत्त्व दिन्छ त ? मानवअधिकारको मसिहा भनी दाबी गर्ने मुलुक यही हो त ? 

भवन भत्केको सुनौलो ७२ घन्टा उहिल्यै बितिसकेको छ । भग्नावशेषमा पुरिएका केही मानिस अझै जीवितै होलान् तर सुस्त उद्धार प्रयासका कारण उनीहरू बाँच्ने आशा घटिरहेको छ । 

यसरी उद्धार गर्ने अमेरिकाको शैली जीवनप्रतिको पूर्ण अपमान हो । अमेरिकाको मानवअधिकार परीकथाको कुनै अर्थ छैन । वाशिङटनले जति धक्कु लगाए पनि जनताको जीवन जोगाउनका लागि सरकारले पर्याप्त ध्यान नदिएको यसबाट स्पष्ट भएको छ । 

आकस्मिक अवस्थामा अमेरिकाले गर्ने उद्धारको क्षमता मानिसले अपेक्षा गरेभन्दा निकै स्तरहीन छ । 

अहिलेको अमेरिका तेस्रो विश्वको तन्नम मुलुक जस्तो देखिन्छ । फ्लोरिडाको सर्फसाइड शहरका मेयर चार्ल्स बर्केटले बिहीवार भने, ‘यस्ता किसिमका भवन अमेरिकामा भत्कने गर्दैनन् । यो तेस्रो विश्वमा हुने घटना हो र यसले सबैलाई स्तब्ध बनाएको छ ।’

उद्धारको काममा समयको महत्त्व सबैलाई थाहा छ । तर अमेरिकामा संगठनात्मक क्षमताको अभाव छ । कोभिड महामारीमा ६ लाखभन्दा बढी मानिसको मृत्यु र तीन करोड ३० लाखभन्दा बढी पोजिटिभ केस भए पनि एउटा राजनीतिकर्मीलाई पनि जिम्मेवार ठहर गरिएको छैन । 

गत फेब्रुअरी महिनामा टेक्ससमा आँधीबेहरी आउँदा १११ जनाको मृत्यु भयो तर कोलोराडो सिटीका पूर्व मेयर टिम बोइडले जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने दायित्व सरकारको नभएको बताए अनि (बाइडनको) समाजवादी सरकारका कारण यस्तो घटना भएको भन्ने बहुलट्ठी टिप्पणी गरे । 

व्यावहारिक रूपमा सामान्य जनताको जीवन जोगाउने काममा अमेरिकी शक्ति उपयोग नै गरिँदैन । जीवन नै जोखिममा परेको बेलामा वाशिङटनले मानवअधिकारको कुरा गर्न कसरी सक्छ ? 

अमेरिकाको मानवअधिकार मिथकको पतन विपतपछि अमेरिकी राजनीतिकर्मीहरूको प्रतीकात्मक अभिव्यक्ति तथा सार्वजनिक स्टन्टबाटै झल्किन्छ । पीडित परिवारका एक सदस्यले फ्लोरिडाका गभर्नर रोन डीसान्तिसलाई अहिलेको भन्दा थप राम्रो काम गर्नुपर्ने बताए । समवेदना पठाएर, परिवारका सदस्यसँग फोटो खिचेर अनि चमत्कारमा विश्वास गर भनेर पर्याप्त हुँदैन । ठोस उपाय अपनाउनुपर्ने हुन्छ ।

ग्लोबल टाइम्समा प्रकाशित लिन लानको टिप्पणी
 

salt training

कमेन्ट गर्नुहोस्