२२ असार २०८३, सोमबार

एमालेलाई जेठ २ मा फर्काउँदै संस्थापन पक्षले भन्यो– ‘सबै साथीहरू एकतामा फर्केर काम गर्नुहुनेछ’

एमालेलाई जेठ २ मा फर्काउँदै संस्थापन पक्षले भन्यो– ‘सबै साथीहरू एकतामा फर्केर काम गर्नुहुनेछ’
फाइल फोटो

नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पुरानो केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको दशौं बैठकले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काएको हो । योसँगै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी क्रियाशील भएका छन् । 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय भएको र नेताहरूमाथि भएका कारवाही समेत निष्प्रभावी भएको जानकारी दिए ।

‘नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले वैशाख १२ गतेको बैठक र जेठ १० गते गरेको स्थायी कमिटी बैठकले गरेका कारवाही निष्प्रभावी भएको छ । यो निर्णयसँगै पार्टी एकता सुदृढ गर्ने आधार तयार भएको छ,’ ज्ञवालीले भने । 

कर्णाली प्रदेशमा सांसदहरूले फ्लोर क्रस गरेको, बाग्मती प्रदेशमा राष्ट्रिय सभा उम्मेदवारको बागी उठाएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै माधव नेपाल पक्षका नेतामाथि कारवाही भएको थियो । 

एमाले प्रवक्ता ज्ञवालीले एमाले पुरानै अवस्थामा फर्केकाले सबैलाई एकतामा फर्केर काम गर्न आग्रह गरे । ‘आजदेखि परिस्थिति बिलकुल नयाँ भएको छ, सबै साथीहरू एकतामा फर्केर काम गर्नुहुन्छ । एकता चाहेको हो भने यी कुरा पर्याप्त छन्,’ ज्ञवालीले भने । 

salt training

कमेन्ट गर्नुहोस्