
इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ फिचर ‘लिंक स्टिकर्स’ ल्याउँदै छ ।
यी स्टिकरको सहायताले प्रयोगकर्ताले आफ्नो इन्स्टा स्टोरीमा लिंक शेयर गर्न सक्ने छन् ।
यो स्टिकरले ‘स्वाइप–अप’को जस्तै काम गर्नेछ । तर, यसमा स्वाइपको ठाउँमा ट्याप गर्नुपर्नेछ।
इन्स्टाग्रामका प्रोडक्ट प्रमुख विशाल शाका अनुसार प्रयोगकर्ताले ती स्टोरीहरूमा आफ्नो प्रतिक्रिया दिन सक्नेछन्, जहाँ लिंक स्टिकर हुनेछ। अहिले प्रयोगकर्ताले स्वाइप–अप स्टोरीमा प्रतिक्रिया दिन पाउँदैनन्।
प्रोडक्ट प्रमुख शाका अनुसार लिंक स्टोरी सीमित प्रयोगकर्ताका लागि मात्रै बनाइएको छ। यो ती प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको हो, जसको प्लेटफर्ममा धेरै संख्यामा फलोअर्स छन्। अहिले यो फिचरको जाँच चलिरहेको छ।