०३ साउन २०८३, आइतबार

बलिउड अभिनेता नसिरुद्दिन दुई दिनदेखि अस्पतालमा, स्वास्थ्य अवस्था स्थिर

बलिउड अभिनेता नसिरुद्दिन दुई दिनदेखि अस्पतालमा, स्वास्थ्य अवस्था स्थिर

बलिउड अभिनेता नसिरुद्दिन शाह मुम्बईस्थित एक अस्पतालमा भर्ना भएका छन्। उनलाई दुई दिन पहिले अस्पतालमा भर्ना गरिएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई निमोनियासँगै फोक्सोमा समस्या देखिएको छ। ​नसिरुद्दिनकी पत्नी रत्ना पाठक र उनीहरूका सन्तान पनि अस्पतालमा छन्। 

नसिरुद्दिनका व्यवस्थापकले एक अन्तर्वार्तामा उनी दुई दिनदेखि हस्पिटलमा भएको पुष्टि गरेका छन्। 

निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको र उनी चिकित्सकको निगरानीमा रहेको नसिरुद्दिनका व्यवस्थापकले जानकारी दिएका छन्। 

अहिले उनको अवस्थामा स्थिर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नसिरुद्दिनको जन्म सन् १९५० जुलाई २० मा उत्तरप्रदेशको बाराबंकीमा भएको थियो। उनले अलिगढ मुस्लिम युनिभर्सिटीबाट आफ्नो ग्राजुयसन पूरा गरेका थिए। त्यसपछि नेशनल स्कुल अफ ड्रामामा भर्ना भएका थिए। 

उनले १९७५ मा ‘निशान्त’ चलचित्रबाट बलिउड करिअरको सुरुआत गरेका थिए। उनी पछिल्लोपटक चलचित्र ‘रामप्रसाद की तेरहबी’मा देखिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्