माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरि आज बाट सञ्चालनमा ल्याएको छ ।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा समुद्घाटन गरेका हुन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा आएका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरूको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरू र १६५ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।
साथै, बैंकका देशभर २०० वटाभन्दा बढी एटीएमहरू तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।