२५ असार २०८३, बिहीबार

राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले उनीहरूलाई कारागार चलान गरेको हो । 

सुर्खेतको एक होटलमा लगेर दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दोमबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुन पक्राउ परेका थिए । 

आज भएको थुनछेक बहसपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । 

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्