२३ जेठ २०८३, शनिबार

भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन

भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन भोलि बिहीवारदेखि शुरू हुने भएको छ । 

स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो ।

‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालय, विद्यार्थी, बाह्य विकास साझेदार, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सक लगायतको सहभागिता रहने बताइएको छ ।

२ दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी ता विदेशी अनुसन्धानकर्ताले ४७ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुती, १९ पोस्टर प्रस्तुती तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण हुने परिषद्का प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड–१९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुती हुने पत्रकार सम्मेलनमा बताइएको छ ।

परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्