०८ साउन २०८३, शुक्रबार

मुलुकको राजनीति खतरा उन्मुख, ओलीमा सकारात्मक सोच छैनः माधव नेपाल

मुलुकको राजनीति खतरा उन्मुख, ओलीमा सकारात्मक सोच छैनः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको दावी गरेक छन् । मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गरे ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सकारात्मक सोच नभएको भन्दै उनले नकारात्मक दृष्टि मात्रै रहेको जिकिर गरे ।

राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उनले टिप्पण्ी गरे ।

उनले भने, “देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन संकटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेका छन् । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दाखेरी त्यसले राम्रो शन्देश, राम्रो संकेत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठुलो जिम्मेवारी छ । ”

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफुहरुको मुल एजेण्डा भएको भन्दै उनले आफुले त्यससवालमा मुल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि जनाए ।

salt training

कमेन्ट गर्नुहोस्