०९ साउन २०८३, शनिबार

बिहीबार बस्ने राष्ट्रिय बैठकको यस्तो छ सम्भावित कार्यसूची

बिहीबार बस्ने राष्ट्रिय बैठकको यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची बुधबार नै सार्वजनिक गरिएको छ ।

जसअनुसार अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने, अध्यादेश पेश गर्ने, शोक प्रस्ताव पारित गर्नेलगायतका कार्यसूची रहेको छ ।

सम्भावित दैनिक कार्यसूची
 
     

१    सम्माननीय अध्यक्षले अधिवेशन आह्‍वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने।
          
     राष्ट्रपतिको कार्यालयको पत्र    
          
२.    सम्माननीय अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने।
          
     अध्यादेश    
     
३.    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुने:-
     (क)    संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
     (ख)    शपथ सम्बन्धी अध्यादेश, २०७८
     
४.    माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
     (क)    नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
     (ख)    बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७
     (ग)    नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
     (घ)    सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
     (ङ)    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
     
५.    माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
     (क)    फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
     (ख)    यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
     
६.    माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
     (क)    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
     (ख)    कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८
     (ग)    औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
          
     शोक प्रस्ताव    
     
७.    सम्माननीय अध्यक्षले पूर्व राष्ट्रिय सभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, पूर्व प्रतिनिधि सभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियार एवम् संविधान सभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्नुहुने।      
                  
          
 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव

salt training

कमेन्ट गर्नुहोस्