काठमाडौं, जेठ २३— भारतले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाई दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएको बताएका छन् ।
लगातार दुई ट्वीट गर्दै उनले भारतले संधै नेपालमा शान्ति, समृद्धि र स्थायीत्व चाहेको भन्दै देउवाको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।