स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको भारतमा मूल्य सार्वजनिक भए लगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।
नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने कम्पनीको भनाइ छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा बनाइएको हो ।
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिकगरिएको पहिलो एसयुभी हो ।
नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिनभएकाकुशाकभित्रनेछन् । टीएसआई इन्जिन बहुप्रतिक्षित इन्टरनेशनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो ।
यो इन्जिनले ११५ बीएचपीपावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इनक्लास हो । टीएसआई इन्जिनम्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।
कुशाक एमक्युबीएओ आईएनप्लेटफर्ममा निर्माण गरिएको एसयुभी हो जुन कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको हो । यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी हो । कुशाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।
नयाँकुशाकमा टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् ।
सुरक्षाका लागि कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन् । स्कोडमा ईएससी सबै भेरिन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ । यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ ।
नयाँ कुशाक तीन ट्रिम– एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनिओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ ।
भारतमा १०लाख ५० हजारदेखि १७लाख ६० हजार भारुसम्ममूल्य राखिएको नयाँकुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।