०६ असार २०८३, शनिबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजबाट, ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणलाई

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजबाट, ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणलाई

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजबाट साधारण शेयर (आईपीओ) जारी गरेको छ। असार २१ गतेसम्म बिक्री खुला हुने छ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। 

यसको ३२.११ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गरेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिइने छ।

३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

कम्पनीको शेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।

salt training

कमेन्ट गर्नुहोस्