३१ जेठ २०८३, आइतबार

सार्वजनिक स्थलमा महिलालाई यौनाङ्ग देखाउने चमार तामाङ पक्राउ

सार्वजनिक स्थलमा महिलालाई यौनाङ्ग देखाउने चमार तामाङ पक्राउ

सार्वजनिक स्थलमा ६ जना महिलालाई यौनाङ्ग देखाउने १ पुरुषलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुरको कमलविनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानको भित्री सडकको एकान्त ठाउँमा हिँडडुल गर्ने ६ जना महिलालाई विभिन्न समयमा यौनाङ्ग देखाउने, धाप मार्ने, संवेदनशील अंगमा छुने रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोटका ३६ वर्षीय चमारसिंह तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले असार १५ गते भत्केको पाटीबाट उनलाई पक्राउ गरेको हो । 

तामाङलाई अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्