२५ जेठ २०८३, सोमबार

देउवालाई चीनको बधाई, राजदूत पुगिन् बूढानीलकण्ठ

कात्तिक २०, २०७४
देउवालाई चीनको बधाई, राजदूत पुगिन् बूढानीलकण्ठ
काठमाडौँ, २३ जेठ — नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले बधाई दिएको छ ।sher bahadur pm

नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेकी हुन् ।
देउवाका सहयोगी भानु देउवाका अनुसार सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरेकी थिइन् ।
जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए । आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर देउवालाई बधाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्