०५ साउन २०८३, मंगलबार

करिनाको ट्रोल बनाउनेहरूलाई तापसीको प्रश्न- पारिश्रमिक बढाउन पनि नपाउनु ?

असार १७, २०७८
करिनाको ट्रोल बनाउनेहरूलाई तापसीको प्रश्न- पारिश्रमिक बढाउन पनि नपाउनु ?

बलिउड नायिका तापसी पन्नू आफ्नो आगामी चलचित्र ‘हसिन दिलरुबा’को प्रमोशनमा व्यस्त छिन् । 

यसैक्रममा उनले ट्रोलको शिकार बनेकी करिना कपूरलाई खुलेर समर्थन गरेकी छन् । 

करिनाले माइथोलोजिकल फिल्ममा सीताको भूमिकाका लागि पारिश्रमिक बढाएपछि उनको ट्रोल बनाइएको थियो ।

तापसीले एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनेकी छन्, ‘पुरुष कलाकारले यसो गरे उसको बजार भाउ बढेको भनिन्छ । तर, एक महिलाले फिस बढाउनुपर्ने भन्दा उसलाई मुस्किल र धेरै डिमान्ड गरेको भनिन्छ ।’ 

तापसीले करिना देशको ठूलो सुपरस्टार भएको र उनले पारिश्रमिक माग्नु उनको काम भएको बताइन् । तापसीले यो पनि भनेकी छन्, ‘माइथोलोजिकल भूमिकाका लागि पुरुषले कहिल्यै पनि फ्रीमा काम गर्दैन ।’

अहिले सामाजिक सञ्जालमा करिनाले सीताको भूमिका निभाउनका लागि १२ करोड मागेकी थिइन् । भनिन्छ यो फिल्म सीताको नजरबाट रामायण देखाइने छ । त्यसपछि ट्वीटरमा करिनाका लागि ‘ब्यान’ गर्नुपर्ने आवाज उठाइएको छ । 

यद्यपि चलचित्र निर्माणकर्ताहरूले यी खबरहरूको खण्डन गरेका छन् । उनीहरूले यस्तो भूमिकाका लागि करिनालाई अफर नगरिएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्