
कोभिड–१९ संक्रमणको महामारीका कारण बन्द भएको आन्तरिक हवाइ उडान बिहीवारबाट शुरू भएको छ ।
कोभिड–१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो ।
बिहीवारदेखि आन्तरिक उडान सञ्चालन भएको छ । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसलाई काठमाडौं आउन र काठमाडौंबाट बाहिर जान सहज भएको छ ।
हवाइ यात्रामार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले फेसशिल्ड, मास्क र स्यानिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिए ।
उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुको रोजाइ हवाई मार्ग हुने गरेको छ ।