३१ जेठ २०८३, आइतबार

सञ्चालनमा आयो पृथ्वीराजमार्ग

सञ्चालनमा आयो पृथ्वीराजमार्ग
सांकेतिक तस्वीर

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो । 

सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन ।
 
पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो ।  

निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उनले भने ।

मंगलबारदेखिको अविरल वर्षात्का कारण  बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो  ।  

यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ ।

सडक भासिए पनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी  सडकबाटै बगिरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्