०६ असार २०८३, शनिबार

देउवालाई भारत र चीनको पालैपालो बधाई, मोदीको टेलिफोन

कात्तिक २०, २०७४
देउवालाई भारत र चीनको पालैपालो बधाई, मोदीको टेलिफोन

काठमाडौँ, २४ जेठ- नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार साँझ सवा ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन् ।sher bahadur pm
‘मैले नेपालको प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा शेरबहादुर देउवालाई फोन गरेर बधाई दिएँ,’ टेलिफोन वार्तापछि ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्, ‘मैले देउवाको नेतृत्वमा नेपालमा शान्ति, स्थायित्व र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेँ ।’

नेपालका लागि चीनका राजदूत यु होङले साँझ भेटेरै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङका तर्फबाट बधाई दिएकी छिन् । राजदूत यु होङ तथा चिनियाँ दूतावासका उच्च अधिकारी देउवानिवास बूढानीलकण्ठ पुगेर बधाई दिएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्