०१ असार २०८३, सोमबार

प्रसूति व्यथाले गम्भीर महिलालाई ‘स्ट्रेचर’मा बोकेर अस्पताल पुर्‍यायो सेनाले

प्रसूति व्यथाले गम्भीर महिलालाई ‘स्ट्रेचर’मा बोकेर अस्पताल पुर्‍यायो सेनाले

रसुवाको दुर्गम ग्रामीण बस्तीमा प्रसूति व्यथाले गम्भीर बनेकी महिलालाई नेपाली सेनाले स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याएको छ ।

गोसाईकुण्ड गाउँपालिका–५ की महिलाको स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि सेनाले अस्पताल लगेको हो ।

सेनाको विष्णु दल गणबाट खटिएको टोलीले कठिन भौगोलिक क्षेत्रमा स्ट्रेचरमा र सहज अवस्थामा गाडीको सहायताले रसुवा अस्पताल धुन्चे पुर्‍याएर सहयोग गरेको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्