×

NMB BANK
NIC ASIA

ओली र नेपालबीच टेलिफोन वार्ता, आज केन्द्रीय कमिटी बैठक

असार १८, २०७८

NTC
Premier Steels

आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।

Muktinath Bank

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए।  ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।


Advertisment
Nabil box
Kumari

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । तर बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले बैठकमा सहभागि नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

Vianet communication

नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने आफूहरुको निश्कर्ष रहेको रावलले बताए । यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्चाएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो । नेपाल पक्षको माग बमोजिम हिजोको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी व्युताउँदै भोलि शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएसँगै माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कार्वाही निष्प्रभावी भएको थियो । कर्णाली प्रदेशमा माओवादी सरकार बचाउन फ्लोर क्रस, बागमती प्रदेशमा बागी उम्मेदवार खडा गरेको तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कार्वाही भएको थियो ।
बैठकले महाधिवेशनको विषयमा केही निर्णय लिने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x