जेठ ६, २०७९
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
भारतको जम्मुस्थित भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमणपछि जम्मु कश्मीरमा लगातार अन्य ड्रोनहरू पनि देखिन थालेका छन् ।
सीमानजिक अरनिया सेक्टरमा ड्रोन देखिएको हो । त्यसपछि बोर्डरमा तैनाथ बीएसएफका जवाफहरूले ड्रोनमा अनेकौं राउन्ड गोली चलाए । त्यसपछि ड्रोन गायब भयो ।
हालैको समयमा मात्र नौपटक ड्रोन देखिसकिएको छ ।
बीएसएफले यस विषयमा बयान जारी गर्दै भनेको छ, ‘बीएसएफका जवानहरूले पाकिस्तानको सानो हेक्साकप्टर ड्रोनमा बिहान ४ः२५ मा फायरिङ गरे । उक्त ड्रोन अरनिया सेक्टरमा अन्तर्राष्ट्रिय सीमामा भारतीय इलाकाभित्र पस्न खोज्दैथियो । फायरिङपछि ड्रोन फर्कियो । उक्त इलाकाको रेकी गर्नका लागि ड्रोन पठाइएको हुन सक्छ ।’
गत आइतवार जम्मु एयरफोर्स स्टेसनमा ड्रोनमार्फत दुईवटा विस्फोटक पदार्थ खसाइएपछि जम्मुमा लगातार ड्रोन आक्रमण भइरहेको छ । मंगलवार र बुधवार पनि ड्रोनहरू देखिएका थिए ।
लगातार ड्रोन गतिविधिहरू देखिएपछि सबै मिलिटरी र एयरफोर्स स्टेसनका साथै पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा हाई अलर्ट जारी गरिएको छ ।
ड्रोन साना हुनाले सजिलैसँग राडारको रेन्जमा आउँदैनन् ।
एन्टीड्रोन सिस्टम जडान गर्ने विषयमा छलफल भइरहेको छ । डीआरडीओेले तीन किलोमिटर दायरामा ड्रोन पत्ता लगाएर जाम गर्ने प्रविधि विकसित गर्न खोज्दैछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी नेताहरूसँग वार्ता गरेर कश्मीरमा शान्तिबहालीको लागि कोशिश गरेदेखि नै पाकिस्तानले ड्रोन आक्रमण शुरू गरेको बताइँदैछ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ । उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...
रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभ र अमेरिकाका जोयन्ट चीफ्स अफ स्टाफ मार्क मिल्लीबीच बिहीवार फोनवार्ता भएको छ । यी दुई अधिकारीले पारस्परिक हितका अनेकौं विषयमा कुराकानी गरेको रुसको रक्षा मन्त्रालयले वि...
रुसले युक्रेनविरुद्ध गत फेब्रुअरी २४ मा सैन्य कारवाही चलाएपछि अमेरिकाले युक्रेनलाई विभिन्न किसिमका सरसहायता उपलब्ध गराउँदै आएको छ । हातहतियार, गोलीगट्ठा र गुप्तचर सूचना युक्रेनमा लगातार आइरहेका छन् । ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...