काठमाडौँ, २४ जेठ- शिक्षामन्त्री धनीराम पौडेलले आफ्नो १० महिने कार्यकालमा ३६ वटा कामलाई उल्लेख्य औंल्याउँदै प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मंगलबार सार्वजनिक विवरणको चौथो बुँदामा शुक्रबार मन्त्रिपरिषदको विधेयक समितिबाट शिक्षा नियमावली स्वीकृत भएको उल्लेख छ । तर, मन्त्रिपरिषद बैठकले नियमावली पारितको काम थाती राखेर तत्काल निर्देशिका मात्रै बनाउने निर्णय गरेको छ ।
विधेयक समितिको निर्णयमा भनिएको छ, ‘शिक्षा, स्थानीय, अर्थ मन्त्रालयका सहसचिव रहने प्राविधिक कमिटीले संविधान र प्रचलित कानुन अनुकूल हुने गरी नियमावलीको मस्यौदा परिमार्जन गरी उक्त मन्त्रालयहरूको सहमति भई आएपछि स्वीकृत गर्ने र तत्कालका लागि शिक्षा मन्त्रालयले निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने प्रबन्ध मिलाउने ।’ मन्त्री पौडेलले भने शुक्रबारदेखि नै नियमावली पारित भएको बताउँदै आएका थिए,आजको कान्तिपुरमा खबर छ ।