२३ जेठ २०८३, शनिबार

अफगानिस्तानको बागराम एयरबेसबाट निस्किए अमेरिकी सैनिक

असार १८, २०७८
अफगानिस्तानको बागराम एयरबेसबाट निस्किए अमेरिकी सैनिक

अमेरिका र नेटोका सैनिकहरू अफगानिस्तानमा रहेको बागराम एयरबेसबाट घर जनाका लागि निस्केको अमेरिकाका एक रक्षा अधिकारीलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले खबर दिएको छ ।

सेप्टेम्बर ११ सम्ममा सबै अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरू फिर्ता बोलाउने राष्ट्रपति जो बाइडनको घोषणालाई कार्यान्वयन गर्दै सैनिक फिर्ताको काम चरणबद्ध रूपमा अघि बढिरहेको छ । 

ओसामा बिन लादेनले सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विट टावरमा आक्रमण गरेपछि उनी लुकेर बसेको ठाउँ खोज्दै अमेरिका अफगानिस्तानमा युद्ध गर्न पुगेको थियो । युद्ध लम्बिँदै गएर २० वर्ष पुगिसकेको छ र लाखौंको ज्यान गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्