०४ असार २०८३, बिहीबार

जिपको नयाँ कम्पास आगामी २१ गते सार्वजनिक हुदै

जिपको नयाँ कम्पास आगामी २१ गते सार्वजनिक हुदै

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । 

यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोहीदिनदेखि नयाँकम्पासको डेलिभरी पनि शुुरु गर्ने बताएको छ । 

नयाँ कम्पासलाई नेपालका लोकप्रिय मिडिया पर्सनालिटी भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले गर्नेछन् ।

भर्चुअल लन्चको प्रत्यक्ष प्रसारण जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा हेर्न सकिनेछ । 

स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँकम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ । 

नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपीपावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ । 

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्नगर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । 

नयाँकम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विलआर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमाभने व्यापक परिवर्तन गरिएको छ । 

२०२१ कम्पासको क्याबिनमाउल्लेखनीयकामगरिनुका साथै धेरै फिचर थपिएको छ । यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । 

ड्यासबोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुलब्ल्याक कम्बिनेसन पाउनेछन् । 

एमएडब्लु लाइफले यसको स्टोरेज अप्सनग्राहकमैत्रीहुने अपेक्षा गरेको छ । 

फिचरको कुरा गर्नेहो भने नयाँकम्पासमाफिफ्ड जेनेरेसन युकनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ ।

साथै यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरुबाट कन्ट्रोल गर्न सकिन्छ । 

त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ ।

सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिलहोल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअरब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्