०५ साउन २०८३, मंगलबार
कित्ता अदल-बदल

लुम्बिनीमा ट्वीस्ट– राज्यमन्त्री रायमाझी सरकार छाडेर उपेन्द्रको पक्षमा, अल्पमतमा शंकर पोखरेल !

लुम्बिनीमा ट्वीस्ट– राज्यमन्त्री रायमाझी सरकार छाडेर उपेन्द्रको पक्षमा, अल्पमतमा शंकर पोखरेल !

लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।

'तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भै कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,' उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ । 

राजीनामासँगै रायमाझी पार्टीको 'मूलधार' उपेन्द्र यादव पक्षमा फर्किएको दाबी नेता मोहम्मद इश्तियाक राईले गरेका छन् ।

'मा. राज्यमन्त्री सुमन शर्मा रायमाझीद्वारा मन्त्री पदबाट राजीनामा दिई अग्रगमनको पक्षमा लागि पार्टी मूलधारमा रहने घोषणा,' उनले ट्वीटरमा लेखेका छन् ।

यससँगै शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार प्रदेश सभामा अल्पमतमा परेको छ ।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य छन् ।

रायमाझीसहित जसपाका ४ सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पुर्‍याएका थिए ।

अब उनको समर्थनमा ४१ सांसद मात्र रहेको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्