२२ जेठ २०८३, शुक्रबार

युनाइटेड सिमेन्टले पायो ५३ ग्रेड गुणस्तरको प्रमाण पत्र

युनाइटेड सिमेन्टले पायो ५३ ग्रेड गुणस्तरको प्रमाण पत्र

युनाइटेड सिमेन्ट्स प्रा. लि., द्वारा उत्पादित "युनाइटेड सिमेन्ट" ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरूमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्टले गुणस्तरमा ठूलो फड्को मारेको छ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठूल्ठूला संरचनाहरूमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ। पारिवारिक घर निर्माणसहित गगनचुम्बी महल तथा हाइड्रो पावर ड्याम, टनेल, विशाल पुलहरू, राष्ट्रिय गौरवका आयोजनाहरू र बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी आफैं क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।

५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँग ग्राहकहरूको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा आफूहरू ढुक्क रहेको उद्योगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्