२५ जेठ २०८३, सोमबार

मौद्रिक नीतिका लागि चेम्बरले दियो ३७ बुँदे सुझाव, गभर्नरले भने : अर्थतन्त्रलाई दीगो बनाउने वस्तु आयात गर्न प्रोत्साहित गर्नुपर्छ

मौद्रिक नीतिका लागि चेम्बरले दियो ३७ बुँदे सुझाव, गभर्नरले भने : अर्थतन्त्रलाई दीगो बनाउने वस्तु आयात गर्न प्रोत्साहित गर्नुपर्छ

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गरेका छन्  । 

सो भेटमा चेम्बरका अध्यक्ष  मल्लले बैंकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकोले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको उल्लेख गरेका छन् । 

उनले अहिलेको विषम परिस्थितिमा राष्ट्र बैँकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नुपर्ने भन्दै निजी क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । 

अहिलेको विषम परिस्थितिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउँदै  निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको  बताए ।

सो अवसरमा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत व्यवहारिक सुझावहरूको लागि धन्यबाद ब्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताए । 

उनले व्यवसायीहरुलाई मुलुकको अर्थतन्त्रलाई दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गरे ।  

यस्तो छ चेम्बरले मौद्रिक नीतिको लागि राष्ट्र बैंकलाई दिएको सुझाव

 

salt training

कमेन्ट गर्नुहोस्