
बीमा समितिले नयाँ बीमा कम्पनीहरूलाई नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको जनाएको छ ।
शुक्रवार समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक विज्ञप्ति जारी गर्दै अहिले तत्कालै नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,'नयाँ बिमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बिमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।'
