२५ जेठ २०८३, सोमबार

कर्णाली प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित

असार १८, २०७८
कर्णाली प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित

कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेशसभा बैठकमा शुक्रवार पनि छलफल हुन सकेन ।

प्रदेश सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ ।

यसअघि ३ पटक स्थगित भएको प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत शुक्रवारको चौथो बैठक पनि कार्यसूचीमा प्रवेश नहुँदै स्थगित भएको छ । 

सभामुख राजबहादुर शाहीले बैठकको कारवाही अगाडि बढाउन खोज्दा नेकपा एमाले कर्णाली प्रदेशसभा सदस्य देवीले ओलीले सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका ४ सदस्यको निर्णय कार्यान्वयन नभएको टिप्पणी गरे । ‘गत जेठ ३१ गते सभामुख शाहीले वाचन गरेर अनुसार निर्णय कार्यान्वयन भएको छैन,’ उनले भने, ‘एमाले प्रदेशसभा दलले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेल सभाको कारवाही प्रक्रिया अगाडि बढ्न दिँदैनौं ।’

संवैधानिक र कानूनी व्यवस्था एकातिर तर व्यावहारिक अभ्यास अर्कोतिर गरिएको टिप्पणी गर्दै उनले बजेट तथा सभाको बैठक सञ्चालन गर्न सबै दलको जिम्मेवारी उत्तिकै रहेको औंल्याए ।

बैठकमा एमालेका प्रदेशसभा सदस्य दानसिंह परियारले संसदीय व्यवस्था अनुसार काम नहुँदा बैठक अवरोध गर्नुपरेको बताए । ‘सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका ४ जना भनेर पत्र वाचन गरेपछि अब कर्णालीमा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोच्यौं,’ उनले भने, ‘तर आज उनै व्यक्ति सत्तामा र एमालेको विरुद्धमा सरकारको नेतृत्व गरिरहेका छन् । हामी हेरिबसेका छौं । हामीलाई लज्जाबोध भइरहेको छ ।’

सर्वोच्चले एमाले बनाइदिँदा पनि एमालेको पक्षमा नभएका बहालवाला तीन मन्त्रीहरु दलीय व्यवस्था विपरीत सरकार सञ्चालनमा सहभागी भएका कारण एमालेले बैठक अवरुद्ध गर्नुपरेको उनले प्रस्ट्याए ।

सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न प्रदेशसभा सदस्यलाई गर्न आग्रह गरे । अवरोध नहटेपछि सभामुख शाहीले असार २४ गते बिहीवार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्