०७ असार २०८३, आइतबार

कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत

असार १८, २०७८
कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत
प्रतिकात्मक तस्वीर

पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५६६ जनाको पीसीआर तथा ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः १ हजार ३९१ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभर ३४ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधिमा देशभर ३ हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख ३ हजार ६०० संक्रमित निको भइसकेको जनाइएको छ ।

हालसम्म ३३ लाख ५७ हजार ८२९ जनाको परीक्षण भएको छ । हाल सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्