०८ असार २०८३, सोमबार

वाग्मती प्रदेशसभा - मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी

वाग्मती प्रदेशसभा - मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी

वाग्मती प्रदेश सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल शुरु भएको छ ।

छलफलमा सत्तापक्षका सदस्यले सरकारद्वारा आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट अत्यन्तै सकरात्मक भए पनि मन्त्रीहरुले आफ्नो जिल्लामा प्रभाव पार्ने खालको योजनालाई विभिन्न शीर्षकमा राखिएको र सत्तापक्षकै सांसदको सुझावलाई उपेक्षा गरी योजना बाँडफाँटमा विभेद गरिएकोमा चिन्ता व्यक्त गरे । 
    उनीहरुले कोभिड–१९ रोग नियन्त्रणका लागि सुविधायुक्त आइसोलेसन कक्ष, क्वारेन्टाइन र भेन्टिलेटरसहितको अस्पताललाई १३ वटै जिल्लामा स्थापना गर्ने र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउनेतर्फ बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताउँदै वैदेशिक रोजगारबाट फर्किएका युवालाई प्रत्यक्ष रुपमा आत्मनिर्भर हुने योजनालाई समावेश गरिनुपर्ने, कृषि उत्पादनलाई वृद्धि गर्न आधुनिक प्रविधिका साथै बाँझो जग्गालाई सामूहिक खेती गर्नेतर्फ गुरुयोजना तर्जुमा गरी बजेट विनियोजन गर्नुपर्ने माग गरे । 

त्यस्तै सरकारले ल्याउने गरेको नीति, कार्यक्रम र बजेटलाई अब नयाँ सोच र चिन्तनबाट योजनाको प्रोफाइल तयार गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले राष्ट्रिय गौरवको आयोजना, पर्यटन क्षेत्रको विस्तार र उच्च शिक्षाको गुणस्तरलाई अघि बढाउनेतर्फ बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने आग्रह गरे । 
प्रदेशसभाको अर्को बैठक असार १९ गते दिनको ११ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्