१६ असार २०८३, मंगलबार

इटहरीको मेयरका लागि कांग्रेस र एमालेमा ‘आन्तरिक लफडा’, ‘ओली गुट’का नेताहरूबीच नै हानथाप

कात्तिक २०, २०७४
इटहरीको मेयरका लागि कांग्रेस र एमालेमा ‘आन्तरिक लफडा’,  ‘ओली गुट’का नेताहरूबीच नै हानथाप

इटहरी, २४ जेठ– सरकारले जेठ ३१ गतेका लागि तोकेको दोस्रो चरणको स्थानीय तहको चुनावको मिति दुईपटक सारेर असार १४ गते पु–याएको छ । चुनावको मिति नजिकिँदै जाँदा एक नम्बर प्रदेशको सम्भाावित राजधानी इटहरीमा निर्वाचनको सरगर्मी बढेको छ ।

चुनावको मिति दुईपटक सर्दा पनि इटहरी उपमहानगरपालिकाको मेयरमा सम्भावित विजेता दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारका सम्बन्धमा अन्तिम निर्णय लिन सकेका छैनन् ।

२०५४ सालको चुनावमा इटहरीको मेयर एमालेले जितेको थियो । २०६४ र २०७० मा सम्पन्न संविधानसभा चुनावमा पनि इटहरी रहेको निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार विजयी भएका थिए । तसर्थ पनि इटहरीमा एमाले तुलनात्मक रूपमा बलियो मानिन्छ ।

त्यसो त पछिल्लो समय नेपाली कांग्रेसले पनि इटहरीमा आफ्नो पकड विस्तार गरिसकेको छ । संगठन विस्तार र आक्रामक चुनाव प्रचारशैलीले इटहरीमा कांग्रेसको प्रभाव पनि बढ्दै गएको यहाँका स्थानीय बताउँछन् ।

तर यी दुवै दलले इटहरी उपमहानगरका लागि मेयर तथा उपमेयरका लागि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । इटहरीका २० वटै वडाका लागि वडाध्यक्ष तथा सदस्यका लागि उम्मेदवार टुंग्याइए पनि मेयर आकांक्षी बढी भएपछि दुवै दललाई त्यसको अन्तिम निर्णय लिन सकस भएको देखिन्छ ।

कांग्रेस र एमालेले मेयर तथा उपमेयरका उम्मेदवारको अन्तिम नाम सार्वजनिक गर्न नसक्नुमा आकांक्षीहरूले केन्द्रसम्मै लबिङ गर्नु र गुटगत प्रभाव रहेको बताइन्छ । स्थानीय राजनीतिक विश्लेषकहरू भने कांग्रेस र एमालेले हालसम्म पनि मेयर तथा उपमेयरको अन्तिम टुंगो नलगाउनुको अर्थ प्रतिस्पर्धी संगठनको उमेदवार हेरेर निर्णय लिने रणनीति रहेको बताउँछन् ।

हालसम्म प्रमुख प्रतिस्पर्धी देखिएका नेपाली कांग्रेस र एमालेबाहेक इटहरीका लागि राप्रपा पनि बलियो दल हो । पूर्वमन्त्री समेत रहेका राप्रपाका प्रभावशाली नेता रामकुमार सुब्बाको गृहनगर इटहरीमा राप्रपालाई पछिल्लो संविधानसभा चुनावमा एमालेपछि सबैभन्दा धेरै मत आएको थियो ।
तर पूर्वमन्त्री सुब्बापछि अर्को पुस्ताका प्रभावशाली स्थानीय नेताको अभाव तथा कमजोर संगठनका कारण राप्रपा पछिल्लो समयमा इटहरीमा कमजोर बन्दै गएको बताइन्छ ।

तैपनि राप्रपाले भने आफ्नो पार्टीको तर्फबाट मेयर तथा उपमेयरको नाम सार्वजनिक गरेर उम्मेदवारसहितको घरदैलो कार्यक्रमसमेत शुरु गरिसकेको छ । राप्रपाले इटहरीको मेयरमा खनार क्षेत्रका चर्चित नेता रोहित कार्कीलाई उठाएको छ भने माया रायमाझीलाई उपमेयरको टिकट दिएको छ ।
इटहरीको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले पनि मेयर र उपमेयरसहित चुनावी अभियान शुरु गरिसकेको छ । युद्धकालमा ‘वीरता किराँती’ को नामले चर्चित हरिमाया जीबीलाई मेयर तथा सागर सुवेदीलाई उपमेयरको उम्मेदवार बनाएको माओवादीले आफ्ना वडाध्यक्षका उम्मेदवारहरूको समेत टुंगो लाएर घरदैलो अभियान थालिसकेको छ ।

कांग्रेसमा फरक गुटका दुई आकांक्षीहरू



इटहरीको मेयरका लागि कांग्रेसबाट शुरुमा नगर सभापति हेमकर्ण पौडेल, सुनसरी क्षेत्र नम्बर दुईका सभापति मणिराम श्रेष्ठ र व्यापारिक पृष्ठभूमिका अग्रज कांग्रेस नेता रोहित प्रसाईंको नाम चर्चामा थियो । तर दुई नम्बर क्षेत्रका सभापति २० नम्बर वडाको वडाध्यक्षको प्रस्ताव स्वीकार गरेर मेयरको उम्मेदवार बन्ने आकांक्षा त्यागिसकेका छन् ।

बाँकी रहेका दुई प्रत्यासीमध्ये प्रसाईं पार्टी सभापति देउवा पक्षका नेता हुन् भने हेमकर्ण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका बताइएको छ ।

मेयरजस्तै कांग्रेसबाट उपमेयरका लागि पनि विमला ढकाल र गीता श्रेष्ठ आकांक्षी छन् । तर उपमेयरको उम्मेदवार छनौट गर्न त्यति गाह्रो नभएको कांग्रेस नेताहरूको भनाइ छ ।


एमालेमा ‘ओली गुट’कै तीन मेयर आकांक्षी



इटहरी महानगरपालिकाको मेयरका लागि संसद्को दोस्रो ठूलो दल एमालेबाट तीनजना आकांक्षी छन् । त्यो पनि अध्यक्ष केपी ओलीकै गुटका रहेको बताइन्छ ।

इटहरीमा अरू दलको भन्दा बलियो पकड मानिएको एमालेबाट मेयरका लागि रामप्रसाद चौलागार्इं, द्वारिकलाल चौधरी र सर्वध्वज साँवा टिकटको दौडमा छन् । चौलागार्इं इटहरी एमालेमा पहिलो पुस्ताका नेताका रूपमा चिनिन्छन् । उनी इटहरी खाने पानी संस्थानका अध्यक्ष तथा एमाले इटहरी उपमहानगरपालिकाको इञ्चार्ज समेत हुन् ।
मेयरकै अर्का आकांक्षी द्वारिकलाल चौधरी एमाले सुनसरीका अध्यक्ष हुन् । मेयरका अर्का आकांक्षी सर्वध्वज साँवा इटहरीका पूर्वमेयर हुन् ।


मेयरमा संस्थापन समूहकै नेताबीच भिडन्त चलिरहेका बेला उपमेयरका लागि भने माधव नेपाल पक्षधर मानिने नेत्री लक्ष्मी गौतमको चर्चा छ । एमाले सुनसरीकी संगठन विभाग प्रमुखसमेत रहेकी गौतमसँगै उपमेयरकै लाागि इटहरी एमालेका चिनिएका नेत्रीहरू अमला श्रेष्ठ र विष्णु शर्मा नेपालको समेत चर्चा छ ।

salt training

कमेन्ट गर्नुहोस्