२४ जेठ २०८३, आइतबार

किन खोल्दैनन् देउवाले मन्त्रीको विषयमा मुख ?

कात्तिक २०, २०७४
किन खोल्दैनन् देउवाले मन्त्रीको विषयमा मुख ?

काठमाडौं, २४ जेठ - मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानामन्त्रीमा निर्वाचित भए । उनले बुधवार दिउँसो पौने दुई बजे सपथ खाँदै छन् । त्यसपछि उनी शहीद पार्कमा पुग्ने कार्यक्रम छ । त्यसपछि बल्ल सिंहदरवार पुगेर पदभार सम्हाल्ने उनको कायक्रम रहेको छ ।

तर उनले कांग्रेसबाट पहिलो चरणमा सरकारमा सहभागि हुने तीन मन्त्रीको विषयमा अहिले सम्म पनि मुख खोलेका छैनन् । काम बढी गर्ने र कुरा कम गर्ने बताइसकेका देउवाले अहिले सम्म पनि मन्त्रीको विषयमा बोलेका छैनन् ।

विहान ९ बजे नेपाल प्रेस युनियनले बुढानिलकण्ठ पुगेर देउवालाई बधाई दिएको छ । तर देउवाले सो भेटमा पनि प्रेस युनियनका प्रतिनिधिहरुसँग मन्त्रीको विषयमा मुख खोलेनन् । यस अघि प्रधानमन्त्री हुँदा विभिन्न विषयमा आलोचित बनेका देउवाले यसपाली चाहिँ संयम अपनाउन खोजेको प्रेस युनियनका एक केन्द्रीय नेताले बताए ।

देउवाले मन्त्रीको विषयमा मुख नखोलेको भएपनि उनले महेश आचार्य, ज्ञानेनन्द्रबहादुर कार्की र गोपालमान श्रेष्ठलाई पहिलो चरणमा मन्त्री बनाउने सम्भावना रहेको छ ।

सम्भवत देउवाले सरकारमा आफ्नो सबैभन्दा नजिकको मन्त्रीको रुपमा महेश आचार्यलाई अर्थमन्त्रीको रुपमा लिएर जाने छन् ।

salt training

कमेन्ट गर्नुहोस्