×

NMB BANK
NIC ASIA

जीवन ऊर्जाका विभिन्न आयाम छन् । तिनमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य प्रमुख मानिन्छन् । यद्यपि कतिपय दार्शनिकले यिनलाई दुर्गुण मानेका छन् तर ती आंशिक मात्र सत्य हुन्, पूर्ण सत्य होइनन् ।

Sagarmatha Cement
Muktinath Bank

पूर्ण सत्य त यही हो कि ती प्रयोग गर्न नजान्दा मात्र दुर्गुण हुन्, दुर्गुण बनेर दुःख दिने हुन् । प्रयोग गर्न जानेको खण्डमा ती दुर्गुण होइन, अपितु जीवन ऊर्जाका विशिष्टतम आयाम हुन्  । उदाहरणका लागि यहाँ मदलाई लिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदको सोझो अर्थ घमण्ड वा अहंकार हो । अर्को अर्थमा स्वाभिमान पनि भन्न सक्नुहुन्छ । यो जसमा पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ । युवामा झन् हुन्छ । धनी, गरीब, ठूलो, सानो शक्त, अशक्त सबैमा हुन्छ । पशुपन्छीमा हुन्छ, कीरा कमिलामा हुन्छ, जड, चेतन सबैमा हुन्छ । यसलाई सबैले आउँदा साथै लिएर आएका हुन्छन्, जाँदा सँगै लिएर जान्छन् ।  


Advertisment
Nabil box
Kumari

सबै भन्छन् घमन्ड र अहंकार गर्नु हुन्न, त्याग्नुपर्छ तर त्याग्न भने कसैले पनि सक्दैनन्,  सकेका हुँदैनन् । जसको विना तपाईंंको अस्तित्व नै सिद्ध हुँदैन भने त्यसलाई त्याग्नुहुन्छ नै कसरी ? यसको अर्थ हो अहंकारी नहुनुस् भन्ने होइन । हुनुस्, बढी नै हुनुस् भन्ने हो तर सिधै होइन रूपान्तरणको तरिकाबाट, व्यवस्थापनको तरिकाबाट ।

Vianet communication
Laxmi Bank

प्रश्न उठ्न सक्छ रूपान्तरण भनेका के हो र गर्ने कसरी हो ? उत्तर सहज छ, त्यो पनि खासै गाह्रो काम होइन, छैन । 

अहंकार आफ्नै लागि प्रदर्शन गर्नु सिधा प्रयोग हो । अरुका लागि प्रस्तुत गर्नु रूपान्तरण हो, व्यवस्थापन हो । तपाईं यसै पनि अहंकारी नै हुनुहुन्छ । अहंकारबाटै आउनुभएको हो । आफ्ना लागि प्रयोग गर्नै पर्दैन । अरुका निम्ति प्रदर्शन गर्नुस् । सबैमा तपाईं एक्लो हुनुहुन्न, साथमा हामी पनि छौं भन्ने भाव प्रस्तुत गर्नुस् । जे बोल्नुहुन्छ, त्यही गर्नुस् । राख्ने र फार्ने नगर्नुस् । यही नै अहंकार रूपान्तरणको सरल सूत्र हो । यसले अरुलाई जति फाइदा गर्छ, त्योभन्दा बढी फाइदा तपाईंलाई हुन्छ ।

पहिले तपाईं आफू असल मानिस बन्ने कि खराब बन्ने भन्ने निधो गर्नुस् । त्यो पनि आफ्नो नजरमा होइन, अरुको नजरमा । आफू राम्रो सबैले भनेका हुन्छन् । त्यसको कुनै अर्थ छैन । राम्रो हुन अरुले भनिदिनुपर्छ । यही हो रूपापन्तरणको विशेषता । आउनुस् यसलाई केही उदाहरणबाट बुझ्ने प्रयास गरौं । 

तपाईं जहाँ हुनुहुन्छ, त्यही स्थानमा रहेका चीजलाई हेर्नुस् । एउटा छुट्टै दर्शन पाउनुहुनेछ । मानिलिनु्स् तपाईं भान्छा कोठामा हुनुहुन्छ, भान्छा घरमा हुनुहुन्छ । त्यहाँ भएका थाल, कचौरा, चुलो, चुलेसी, चक्कु, चम्चालाई हेर्नुस् । उनीहरूलाई जहाँ राख्नुपर्ने हो, त्यहीँ पाउनुहुन्छ, त्यहीँ जतनसित राखिएको देख्नुहुन्छ । नभएको चीज खोजेर भए पनि ल्याइएको छ । लाइन बसेर भए पनि उसको खोजी हुन्छ, घरमा ल्याइन्छ ।

उसले मलाई लिएर आऊ भनेको छैन, सरसफाई गर, जतनसँग राख भनेको पनि छैन । तैपनि किन उसको पछि लाग्दै हुनुहुन्छ ? किनकि उसले आफू हुनुको अस्तित्व बोध गराएको छ, म पनि तपाईंको साथमा छु चाहिए लिन सक्नुहुन्छ भनेको छ । त्यसैले उसको पछि लाग्नुभएको छ । 

यस्तै नियम हरेक क्षेत्रमा लागू हुन्छ । मानिलिनुस् तपाईं धानखेतमा हुनुहुन्छ, धानबालीलार्ई गोडमेल गर्नुहुन्छ, मलजल गर्नुहुन्छ । बगैंचामा हुनुहुन्छ, फलफूलका बोटको स्याहारसुसार गर्दै हुनुहुन्छ । आँगनमा, सुत्ने कोठा वा बैठक कोठा जहाँ पनि हुनुहुन्छ । उसलाई सरसफाइ गर्नुहुन्छ, सिँगारपटा गर्नुहुन्छ ।

उसले त्यसो गर्न भनेको त छैन । तैपनि किन उसको स्याहारसुसारमा ध्यान दिरहनुभको छ ? किनकि उसले पनि आफ्नो स्वभाव प्रस्तुत गर्दै म पनि तपाईंकै साथमा छु, चाहिए प्रयोग गर्नुस् है भनेको छ  । अर्थात् उसले आफ्नो अहंकारको स्वरूपलाई रूपान्तरण गरेको छ । यसरी हेर्दै जानुभयो भने हरेक क्षेत्रमा यही नियमले काम गरेको पाउनु हुनेछ । 

तपाईं विद्यार्थी हुनुहुन्छ । असल विद्यार्थी बन्न मन लागेको छ । त्यस्तै गर्नुस् । शिक्षक हुनुहुन्छ त्यस्तै गर्नुस् । कर्मचारी हुनुहुन्छ । तिनका हाकिम हुनुहुन्छ, मन्त्री, प्रधानमन्त्री, हुनुहुन्छ त्यस्तै गर्नुस् । तपाईंलाई कसैले पनि अनुहार हेरेर वा लवाइ हेरेर राम्रो/नराम्रो भन्ने होइन । तपाईंको काम हेरेर, व्यवहार हेरेर भन्ने हुन् । अनुहारको भरमा, लवाइको भरमा राम्रो देखिन खोज्नुभयो भने कहिल्यै राम्रो देखिन सक्नुहुन्न । अहंकार अनुहारमार्फत, कूल घरानामार्फत प्रयोग नगर्नुस्, काममार्फत प्रयोग गर्ने बानी बसाउनुस्, स्वतः राम्रो देखिनुहुन्छ । 

यदि असल मानिस बन्ने हो भने काममार्फत आफ्नो अहंकार प्रस्तुत गर्नुस्, स्वतः असल मानिस बन्न सक्नुहुन्छ । होइन खराब मानिस बन्ने हो भने आफैंमार्फत प्रस्तुत गर्नुस्, बस कुरा यत्ति हो । काममार्फत प्रस्तुत गर्नुभयो, असल मानिस बन्नुभयो । आफैंमार्फत प्रस्तुत गर्नुभयो, खराब बन्नुभयो । अस्तु अहिलेलाई यति नै !
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x