
नेकपा एमालेको एकताका लागि दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो नेताबीच वार्ता जारी छ ।
सानेपाको होटल समिटमा भएको वार्तामा ओलीका तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल छन् ।
नेपालका तर्फबाट भने नेता सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट रहेको एक नेताले बताए।
सहमतिका लागि मस्यौदा पनि तयार पारिएको छ । तर, नेपाल पक्षले भने सहमति जनाएको छैन ।
सो विषयमा छलफलका लागि नेता घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुगेका छन्। त्यसपछि थप वार्ता हुने बताइएको छ।