०५ असार २०८३, शुक्रबार

विगु र गौरीशंकरका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

असार १९, २०७८
विगु र गौरीशंकरका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने
प्रतिकात्मक तस्वीर

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशंकर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।

विगुका ४५ वर्ष माथिका र गौरीशंकर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो । 

२ स्थानीय तहका नागरिकलाई असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोना विरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए ।

दुवै गाउँपालिकाका लागि ७ हजार २०० भेरोसिल खोप प्राप्त भएको उनले जानकारी दिए । उनका अनुसार खोप लगाउन चाहने व्यक्तिले नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ ।

जेठ २५ देखि २ असारसम्म भेरोेसिलको पहिलो खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक र सोही समयमा पहिलो खोप लगाएका अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि दोस्रो खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्