
काठमाडौं, २४ जेठ– कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने पाकिस्तानको योजना विफल भएको छ । पाकिस्तानले चीनले यसमा सहयोग गर्ने अपेक्षा गरेको भएपनि त्यसले सफलता पाउन नसकेको भारतीय सञ्चारमाध्यहरुको दाबी छ ।
चीनको सरकारी सञ्चारमाध्यमले पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि शांघाइ कर्पोरेशन अर्गनाइजेशनको प्रयोग गर्न नसक्ने बताएको छ ।
चिनियाँ विशेषज्ञका अनुसार यो संगठन कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिकरण गर्न कुनै पनि हालतमा समर्थन गर्न सक्दैन । पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्चमा कश्मीर मुद्दालाई उठाउनका लागि लामो समयदेशि कोशिस गरिरहेको छ । तर उसको हरेक प्रयास असफल हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
भारतले भने यसलाई दुईपक्षीय मुद्दा भन्दै भारत र पाकिस्तान मिलेर समस्या समाधान गर्ने बताउँदै आएको छ ।
पाकिस्तानेले भने काश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न चीनले सहयोग गर्ने अपेक्षा राखेको थियो ।
शांघाई कर्पोरेशन अर्गनाइजेशनको ६ सदस्यीय समित बिहीबार शुरु हुँदै छ । जसमा भारत र पाकिस्तानको नयाँ सदस्यको रुपमा शामिल गर्ने औपचारिकता पूरा गरिने छ ।