२७ जेठ २०८३, बुधबार

जापानमा पहिरो : कम्तीमा २० जना बेपत्ता, प्रभावितलाई सुरक्षित स्थलमा सर्न आग्रह

असार १९, २०७८
जापानमा पहिरो : कम्तीमा २० जना बेपत्ता, प्रभावितलाई सुरक्षित स्थलमा सर्न आग्रह

जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । 

पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।  

जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी वर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो । उक्त पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ ।

सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्