१८ असार २०८३, बिहीबार

दैलेखमा बँदेलले सखाप पार्‍यो मकै, किसान चिन्तित

असार १९, २०७८
दैलेखमा बँदेलले सखाप पार्‍यो मकै, किसान चिन्तित

दैलेखका दर्जनभन्दा बढी वस्तीमा जंगली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी वस्तीमा लगाइएको घोगा निस्कनै लागेको अवस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । 

वस्ती नजिकैको जंगलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताए । दिनभरि जंगलमा बस्ने र रात परेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उनको भनाइ छ ।

बर्सेनि बँदेलले बाली नोक्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। 

कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी-१ का गगन योगी बताउँछन् । बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उनको भनाइ छ ।  

पीडित किसानको क्षति विवरणको लगत संकलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्