
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटमा लागेकालाई जिम्मेवारी दिन नसकिने बताएका छन् ।
उनले माधव नेपाल पक्षले दावी गरेजस्तो २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन नसकिने बताए ।
पार्टी केन्द्रीय कमिटी बैठकलाई शनिवार सम्वोधन गर्दै महासचिव पोखरेलले कसैको नाम नलिइ केही नेताहरु पार्टी विभाजनको खेलमा लागेको आरोप लगाएका हुन् ।
'माधव नेपाल र झलनाथ खनाल पक्षले भन्दैमा जेठ २ मा फर्किन सकिदैन, पार्टी फुटमा लागेका साथीहरूलाई जिम्मेवारी दिन सकिदैन’पोखरेलले भने ।
महासचिव पोखरेलले बैठकमा संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
महासचिव पोखरेलले असार मसान्तभित्र सदस्यता नवीकरण गर्न र साउन १५ भित्र स्थानीय तहका वडामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनमा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले आफूहरु तर्फको सदस्यता कसरी टुंगाउने भनेर प्रश्न गरेका छन् ।