०५ असार २०८३, शुक्रबार

ताप्लेजुङमा करेन्ट लागेर लघु जलविद्युत‍्का कर्मचारीको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर लघु जलविद्युत‍्का कर्मचारीको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । 

प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद  कुँवरको मृत्यु भएको हो ।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले  बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्