
बलिउड नायिका आलिया भट्टले चलचित्र ‘डार्लिङ्स’को छायांकन सुरु गरेकी छन् ।
सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै उनले आफू निर्माता भएर काम गरेको पहिलो चलचित्र भएको बताइन् ।
‘डार्लिङ्स’मा सुपरस्टार शाहरुख खानको उनी सहनिर्माता हुन् ।
उनले शेयर गरेको श्यामस्वेत तस्वीरमा उनी कागजका पाना समातेर सुटिङका लागि तयारी गरिरहेको देख्न सकिन्छ । उनले आफू निकै बेचैन भएको पनि बताइन् ।
‘निर्माताको रुपमा मेरो पहिलो चलचित्र हो । तर, म पहिले एक कलाकार हुँ, मलाई थाहा छैन कि यो के हो ?,’ उनले भनेकी छन्, ‘हरेक नयाँ चलचित्र शुरू गर्नु अघिल्लो रात म एकदमै नर्भस हुन्छु। पूरै रात आफ्नो लाइन नभुलुँ भन्ने सपना देख्छु।’