
साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।